नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको रावाखोलामा हलेसी उर्जा प्रालिद्वारा निर्माणाधीन ‘मध्यरावाखोला जलविद्युत आयोजना’ (२.२ मेगावाट क्षमता)को काम रोक्न नपर्ने जिल्ला अदालत खोटाङले अन्तरिम आदेश दिएको छ । जग्गाधनीहरूले मुआब्जा नदिई आफ्नो जग्गामा आयोजनाको काम गर्दा ध्वस्त पारेको भन्दै जग्गा किचौला मेटाई चलन समेत चलाई पाउँ भनि माग दाबी गरेकोमा जिल्ला न्यायधिस नारायणप्रसाद दाहालको एकल इजलासले जेठ १८ गते काम रोक्न नपर्ने अन्तरिम आदेश दिएको हो ।
जग्गा धनीहरू केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी लीलामायाँ दाहाल खत्री, प्रकाश खत्री, रत्नबहादुर खत्री, केवलबहादुर खत्री, भोजबहादुर खत्री, लालबहादुर अधिकारी र भक्तबहादुर अधिकारीले उक्त जलविद्युत आयोजनाका सञ्चालक अध्यक्ष राजनकुमार दाहाल, सर्वधन राई, धु्रुबकुमार रेग्मी र हिराकुमारी दाहाल खत्री विरुद्ध उजुरी दिएका थिए । यसबारे जिल्ला अदालत खोटाङले सम्वन्धित विपक्षीलाई म्याद तामेली समेत गराई दुबै पक्षलाई छलफलका लागि जेठ १८ गते बोलाएको थियो । जग्गधनीहरूले मुआब्जा नदिई पेनस्टक पाइप लाइन खनेर जग्गा ध्वस्त बनाएको भन्दै काम समेत रोक्नुपर्ने मागदाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित