नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–साकेला गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरूको उत्थान, पुनस्थापना र सहयोग प्रदान गर्ने उदेश्यले मिलीजुली समूह गठन गरिएको छ । गाउँपालिकास्थित महिला तथा बालबालिका शाखा र करुणा फाउण्डेसनको सहजीकरणमा पालिकाभित्रका पाँचै वटा वडामा मिलीजुली नामक समूह गठन गरिएको हो ।
मिलीजुली समूह अन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडामा बिनोद राईको अध्यक्षतामा नौ सदस्यी समूह गठन गरिएको छ । त्यस्तै वडा नम्बर २ रतन्छामा मन कुमार राई, वडा नम्बर–३ खिदिमामा विनोद राई, वडा नम्बर ४ मात्तिममा मनोज आचार्य र वडा नम्बर ५ मात्तिमबिर्तामा मान बहादुर राईको अध्यक्षतामा नौ÷नौ सदस्यीय मिलीजुली समूह गठन गरिएको हो ।
साकेला गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसन नेपालको ३३%, ३३% लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघकको प्राविधिक सहयोगमा यस गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । सोही कार्यक्रम अन्तर्गत पालिकाभित्रका वडाहरुमा समूह निर्माण गरिएको बताईएको छ ।
यस कार्यक्रमले जन्मजात हुने अपाङ्गता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम गर्ने छ । अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने छ । ३ वर्ष सम्म चल्ने सो कार्यक्रम २०८० माघ १ गतेबाट सुरु भएको हो भने २०८३ पुष मसान्तसम्म संचालन हुनेछ ।
यस कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता र जन्म पछि हुने अपाङ्गता रोक्नु र अपाङ्गता भएका ब्याक्तिहरुको जीवनस्तर उकास्ने शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाईछ । सम्झौता अवधि समाप्त भएपश्चात दीर्घकालीन रूपमा कार्यक्रम यस गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै लगिने राईको भनाइ छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित