नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–हलेसी उर्जा प्रालिद्वारा निर्माणाधीन ‘मध्यरावाखोला जलविद्युत आयोजना (२.२ मेगावाट क्षमता)को काममा अवरोध आएको छ । जग्गावालालाई थाहै नदिई पाइप लाइन खनेको भन्दै जिल्ला अदालत दिक्तेलमा मुद्दा परेको हो ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको खत्री गाउँमुनि रावाखोलामा निर्माणाधीन ‘मध्यरावाखोला साना जलविद्युत आयोजना’ निर्माणका क्रममा जग्गा धनिलाई थाहै नदिइ पेनस्टक पाइप लाइन खनेर जग्गा ध्वस्त बनाएको भन्दै जेठ १३ गते जिल्ला अदालत खोटाङमा उजुरी परेको हो ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी लीलामायाँ दाहाल खत्रीको कित्ता नम्बर ६२७ को दुई रोपनी १५ आना दुई दाम, प्रकाश खत्रीको कित्ता नम्बर ६२२ को सात रोपनी १२ आना एक पैसा, रत्नबहादुर खत्रीको कित्ता नम्बर ५४७ को पाँच रोपनी दुई पैसा तीन दाम, कित्ता नम्बर ५४८ को तीन रोपनी एक आना एक पैसा, कित्ता नम्बर ६३० को आठ रोपनी आठ आना तीन पैसा एक दाम, केवलबहादुर खत्रीको कित्ता नम्बर ६२३ को आठ रोपनी दुई आना तीन दाम, भोजबहादुर खत्रीको कित्ता नम्बर ७०१ को दुई रोपनी दश आना दुई दाम, कित्ता नम्बर ६९७ को दुई रोपनी नौ आना एक दाम, लालबहादुर अधिकारीको कित्ता नम्बर ६९८ को छ रोपनी पाँच आना एक पैसा तीन दाम, भक्तबहादुर अधिकारीको कित्ता नम्बर ७०४ को चार रोपनी छ आना जग्गामा थाहै नदिई पेनस्टक पाइप लाइन खनेर जग्गा ध्वस्त बनाएको भन्दै अदालतमा मुद्दा दिएका हुन् ।
उक्त जलविद्युत आयोजनाका सञ्चालक अध्यक्ष राजनकुमार दाहाल, सर्वधन राई, धु्रुबकुमार रेग्मी, हिराकुमारी दाहाल विरुद्ध जग्गा किचौला मेटाई चलन समेत चलाई पाउँ भनि उजुरी दिएका छन् । यसबारे जिल्ला अदालत खोटाले सम्वन्धित विपक्षीलाई म्याद तामेली समेत गराई दुबै पक्षलाई छलफलका लागि जेठ १८ गते बोलाएको छ ।
गरीव जनतालाई सम्वन्धित जग्गाधनीलाई उचित मुल्य नदिई हेपाहा प्रवृत्तिले जानकारी नै नदिई जग्गा ध्वस्त बनाएकाले उजुरी दिनु परेको जग्गाधनी रत्नबहादुर खत्रीले बताए । पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, कुभिण्डे गाविसका पूर्व अध्यक्ष राजनकुमार दाहाल, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका पूर्व वडाअध्यक्ष गणेश अधिकारी, वर्तमान वडाअध्यक्ष खड्गबहादुर तामाङ, स्थानीय प्रकाश गुरुङ लगायतले डरधाक धम्की दिएर जबरजस्त जग्गा ध्वस्त पारेको खत्रीको भनाई छ । ‘बेसीमा भएको जग्गा नै त्यत्ति थियो, भएजति जग्गा सबै सकियो,’ उनले भने–‘त्यही भएर अदालतको शरण लिएका हौं, अदालतले पनि न्याय दिएन भने जंगल पस्नु पर्ने अवस्था छ ।’
पहुँच हुने व्यक्तिको जग्गालाई भने लाखै मुल्य तिरेर खरिद गरेको जग्गाधनीहरूको भनाई छ । पुर्व वडाअध्यक्ष गणेश अधिकारीकी आमा रणमायाँ अधिकारीको नाममा रहेको ६१७ कित्ता नम्बरको सात रोपनी १४ आना एक दाम क्षेत्रफलको जग्गा भने ९५ लाख रूपैयाँमा २०७७ असार ४ गते खरिद गरेको पीडितको गुनासो छ । उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय विद्युत विकास विभागले दिने विद्युत उत्पादन अनुमती पत्रमा आयोजना प्रबद्र्धन गर्ने कम्पनीले आवश्यक पर्ने निजी जग्गा सम्वन्धित जग्गाधनीसंग खरिद गरी प्रबद्र्धक कम्पनीको नाममा दर्ता गर्नु पर्ने उल्लेख छ । तर जग्गा खरिद नगरी जबरजस्त पेनस्टक पाइप लाइन खनेको उनीहरूले बताएका छन् ।
आयोजना सञ्चालक राजनकुमार दाहालले भने बिचौलियाका कारण अदालतमा मुद्दा परेको बताए । ‘सुरुमा जग्गा धनिले जग्गा दिन्न भनेको थिएन तर बिचौलीयाले गर्दा मुद्दा प¥यो’ दाहालले भने–‘तर केही छैन खेप्दै जाउला ।’
उक्त जलविद्युत आयोजनाको काम करिब ५० प्रतिशत सकिएको दाहालले बताए । पावरहाउस, इन्टेक ढलान, ट्रयाक खोल्ने काम भइसकेको र पाइप राख्ने काम भइरहदा मुद्दा परेको दाहालको भनाई छ । करिब ५० करोड लगानीमा आगामी फागुनसम्म सक्ने गरी आयोजनाको काम थालिएको दाहालले बताए । उक्त आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गरेको हो ।
इकान्तिपुरबाट साभार
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित