‘पुस्कल’ हलेसी साइनो स्टार

  • प्रकाशित मितिः फागुन २६, २०७५
  • 1890 पटक पढिएको
  • संवादताता

सविना अछामे-
दिक्तेल (खोटाङ), फागुन २६–शनिबार साझ छिप्पिसकेको थियो । तर राजेश पायल राईले विदा हुनै पाएन । लगातारको वान्समोरले उनलाई करिब दुई घण्टा विभिन्न गीतहरु गाउन वाध्य तुल्यायो ।
सन्दर्भ दिक्तेलको हलेसी साइनो स्टारको हो । उनले करिब झण्डै तीन दर्जन गीत गाए । लामो समयपछि गृह जिल्ला आएका राई लगायतका प्राज्ञ तथा संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, गायिका मेनुका राई, लोकगायक धर्मराज पोखरेल, गायक राई नवीन, गायक रेवत राई लगायतका गायक–गायिकाहरुले माहौत तातिएको थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य तथा गीतकार राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई लगायतले गायक÷गायिकाहरुलाई नाचेर हौस्याइरहेका थिए ।
यत्तिका ख्याती प्राप्त कलाकारहरुको माझ नवप्रतिभाहरुले कला प्रस्तुत गरेका थिए । गीत–संगीतमा कहलिएका कलाकारहरुको जिल्ला सावित गराउन नवप्रतिभाहरुले गला प्रस्तुतिले प्राज्ञ शान्तिराम राईले खोटाङका पछिल्लो पुस्तामा पनि आसलाग्दो भएको बताए । निर्णायकको भूमिका निर्वाह गरेका संगीतकार महेश खड्काले नवप्रतिभाहरु सबै एकसे–एक भएकाले को अब्बल भन्ने छुट्टयाउन हम्मे भएको बताए ।
हलेसी साइनो स्टारको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पुस्कल राईले चुमे । उनले ५५ हजार पा“च सय ५५ सहित प्रमाणपत्र, ट्रफी प्राप्त गरे । त्यस्तै ओखलढुङ्गाका पर्शुराम गजमेरले ३३ हजार तीन सय ३३ नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे भने तेश्रो हुने बराहपोखरी गाउ“पालिकाका सोम मगरले १५ हजार एक सय १५ रुपैया“ नगद सहित ट्रफी, प्रमाणपत्र पाए । जिल्लाका नवप्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा गरिएको गायन प्रतियोगिताको फाइनल शनिबार भएको हो । उक्त प्रतियोगिता पुस ९ गतेबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित