नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १५–जन्तेढुङ्गा गाउँपालिकाका पूर्वअध्यक्ष स्वर्गीय शंकरबहादुर राईको शालिक अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जन्तेढुङ्गा गाउँपालिका कमिटीले चिसापानी बजारमा स्थापना गरेको स्वर्गीय राईको अर्धकदको शालिक जेठ १५ गते एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले अनावरण गरेका हुन् ।
जन्तेढुङ्गा गाउँपालिका कमिटीको अगुवाइमा सङ्किलत छ लाख रूपैयाँबाट कम्पाउण्ड सहित शालिक निर्माण गरी राखिएको एमाले जिल्ला कमिटी सदस्य जगत किरातीले बताए । फाइबरबाट निर्माण गरिएको शालिक स्थानीय शिक्षक रामबहादुर राउतले निःशुल्क उपलब्ध गराएको चार आना क्षेत्रफलको जग्गामा राखिएको छ । शालिक निर्माणका लागि तीन लाख ५३ हजार रूपैयाँमा खर्च भएको छ ।
२०७९ भदौ २ गते राती सुनसरीको इटहरीबाट बिराटनगरतर्फ जाने क्रममा हलगडाचोकमा भएको सडक दुर्घटनामा घाइते राईको २०७९ कातिक ७ गते निधन भएको थियो । मोटरसाइकलको पछाडि बसेर इटहरीबाट बिराटनगरतर्फ जानेक्रममा पछाडिबाट आएको बा २ क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा घाइते भएका थिए । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ घर भएका राई एमाले खोटाङका सचिवालय सदस्य थिए । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । राईको दुई श्रीमती, तीन छोरी र तीन छोरा छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित