सविना अछामे–
खोटाङ, जेठ १५–अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयोजकमा धनशोभा राई चयन भएकी छन् । जेठ १५ गते दिक्तेलमा भएको प्रथम जिल्ला भेलाले राईको संयोजकत्वमा ५५ सदस्यीय समिति निर्माण भएको हो । सहसंयोजकमा सर्मिला कटेल, सचिवमा हरिमायाँ राई चयन भएकी छन् ।

त्यस्तै उक्त संगठनकै दिक्तेल रूपाकोट मझुवागढी नगर समिति समेत निर्माण गरिएको छ । जेठ १५ गते भएको दोश्रो भेलाले स्मिता राईको अध्यक्षतामा ४१ सदस्य समिति गठन भएको हो । उपाध्यक्षहरूमा मनिषा परियार, देवीकला राई र मिना पराजुली, सचिव पार्वती आचार्य, सहसचिव कल्पना राई, कोषाध्यक्ष गोमा विश्वकर्मा चयन भएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज होमकुमारी खापुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय बैकल्पिक सदस्य तथा खोटाङ इन्चार्ज ध्रुब बुढाथोकी, प्रदेश कमिटी उपाध्यक्ष देवान किराती, अनेम संघ केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य अरुणादेवी राई, जिल्ला समन्वय समिति खोटाङका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश सदस्य बिर्सिका राई, विनोद आचार्य, अनेम संघ केन्द्रीय सदस्य निशाना राई, दिक्तेल रूपाकोट मझुवागढी नगर पार्टी अध्यक्ष विसन राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भवकृष्ण ढकाल, वाइसियल इन्चार्ज शुभलाल राई, अखिल क्रान्तिकारी केन्द्रीय सचिव रविन खम्बु, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष डार्विन चाम्लिङ लगायतका नेताहरूको सहभागिता थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको छ । जिल्लाका स्थानीय तह तथा जिल्ला समन्वय समिति खोटाङको विभिन्न पदमा निर्वाचित ५५ जनालाई सम्मान गरिएको हो । कार्यक्रमका वक्ताहरूले सफल कार्यकालको कामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित