फोटोग्राफी तथा भिडियोग्राफी तालिम सम्पन्न

  • प्रकाशित मितिः जेठ १४, २०८१
  • 631 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १४-फोटोग्राफी तथा भिडियोग्राफी आधारभूत तालिम दिक्तेलमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोग, एभरेष्ट फिल्म एकेडेमीको प्राविधिक सहयोगमा हिमालयन आइटी इन्स्टच्युटले आयोजना गरेको तालिम जेठ १४ गते सम्पन्न भएको हो ।
जिल्लास्थित क्रियाशील पत्रकार, कर्मचारी, व्यवसायी, शिक्षक, विद्यार्थी लगायत ५० जना सहभागी थिए । दश दिनसम्म सञ्चालन भएको तालिममा भिडियो तथा फोटोग्राफी सम्वन्धी शीप हासिल गरेको सहभागी तथा पत्रकार उजुर राईले बताए ।


यसै अवसरमा तालिमका दुई प्रशिक्षकलाई प्रायोजक र आयोजकले सम्मान समेत गरेको छ । प्रशिक्षक विकास सिटौला र सौगन्ध डङ्गोललाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, वडानम्बर १ का वडाअध्यक्ष नवराज राई, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख सन्तोष भट्टराईले करुवा, खदा र प्रसंशा पत्रका साथ सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगरप्रमुख तीर्थराज भट्टराईले शीप सिक्ने अवसर दिएकोमा आयोजक तथा प्रायोजकलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रमका विशेष अतिथि, अतिथि तथा सहभागीहरूले समेत भिडियोग्राफी तथा फोटोग्राफी तालिमको प्रसंशा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित