नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १३–साकेला गाउँपालिका–२ रतन्छा पिनालाखाका ४१ वर्षीय रमेश राई जेठ १३ गते मृत फेला परेका छन् । जेठ १२ गते किरात समुदायको उभौली साकेला हेरेर फर्केको तर घरमा नआएपछि खोजतलास गर्ने क्रममा मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार स्थानीय कोलेखोलामा बाटोभन्दा करिब २५ मिटर तल मृत अवस्थामा फेला परेका हुन् । उक्त घटनाबारे जानकारीपछि प्रहरी निरीक्षक बेनु कार्कीको टोली खटी आवश्यक प्रक्रिया सकेर पोष्टमार्टमका लागि दिक्तेल ल्याइएको डिएसपी खड्काले सुनाए ।
त्यस्तै ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेकी ५१ वर्षीया चन्द्रकुमारी राई पनि मृत फेला परेकी छन् । उक्त गाउँपालिकाकै वडा नं ५ महेश्वरीमा रहेको उनकै घरको सामान लिन भनी गत जेठ १० गते गएको तर नआएपछि खोजतलासको क्रममा स्थानीय फटाक्सी भीरमा करिब एक सय ५० मिटरतल जेठ ११ गते मृत फेला परेको डिएसपी खडकाले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित