राष्ट्रिय मानवअधिकार आयोगको २५ औं स्थापना दिवस मनाइयो

  • प्रकाशित मितिः जेठ १३, २०८१
  • 939 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १३–राष्ट्रिय मानवअधिकार आयोगको कोसी प्रदेश शाखा कार्यालयबाट सिफारिस भएका २० वटा उजुरीमा निर्णय भएको आयोगले जनाएको छ । जेठ १३ गते जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको २४ औं वार्षिक उत्सव तथा २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
कार्यक्रममा नागरिकको स्वास्थ्यप्रतिको अधिकार सुनिश्चित गर्न जिल्ला अस्पताल खोटाङ स्वास्थ्यकर्मीको पहुँच पु¥याउन पहल गरेको, जिल्लामा अवैध रूपमा सञ्चालन गरिएको फार्मेसी अनुगमन गरी आयोगबाट नेपाल सरकारलाई आवश्यक कदम चाल्न सिफारिस गरिएको, खोटाङ जिल्लाका स्थानीय तहहरूमा जातीय विभेद तथा छुवाछुत विरुद्धको अवस्था अनुगमन गरेको, आगलागी बाढी पहिरो लगायतका विपद् व्यवस्थापन र मानवअधिकार सम्वन्धमा अनुगमन गरी सिफारिस गरेको, लम्की स्किन रोगबाट चौपायाको मृत्यु तथा संक्रमण भएको सम्वन्धमा अनुगमन गरी नेपाल सरकारलाई आवश्यक कदम चाल्न सिफारिस गरेको, खोटाङ र सोलुखुम्बु जिल्ला कारागार र प्रहरी हिरासतमा अनुगमन गरी बन्दीहरूको मानवअधिकारको अवस्था बुझिएको, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा नेपाल सरकारको राष्ट्रिय मानवअधिकारको पाँचौं कार्ययोजना अगुनगमन गरिएको खोटाङस्थित आयोगकी प्रमुख गीता दाहालले बताइन् ।
नेपाल सरकारको मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्था सम्वन्धमा तीन वटै जिल्ला समन्वय समिति सहितका सबै स्थानीय तहमा पत्राचार गर्ने र समिति गठन सहजीकरण गरिएको, आधारभूत गुणस्तर, निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार बारे अनुगमन गरेको, खोटाङ जिल्लामा समय–समयमा हुने प्रदर्शनीहरूको मानवअधिकारको दृष्टिकोणबाट अनुगमन गरिएको, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लामा आयोगका माननीय सहितको उच्चस्तरीय टोलीद्वारा उपभोक्ता अधिकारबारे स्थलगत अनुगमन गरेको लगायतका विभिन्न काम गरेको जानकारी गराइएको छ । कार्यक्रममा तीन महिला हत्या काण्ड लगायतका अन्य विभिन्न विषयमा चर्चा भएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, महिला अधिकारकर्मीहरू, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित