‘केफए खेलकुद पत्रकारिता पुरस्कार’बाट पत्रकार राजकुमार भट्टराई पुरस्कृत

  • प्रकाशित मितिः जेठ १२, २०८१
  • 867 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १२–पत्रकार राजकुमार भट्टराई पुरस्कृत भएका छन् । खोटाङ फुटबल एकेडेमीले सूचन राई स्मृति दिक्तेल हलेसी मेयरकप २०८१ को अवसर पारेर जेठ १२ गते ‘केफए खेलकुद पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरेको हो ।
भट्टराईलाई पाँच हजार नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । उक्त पुरस्कार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राईले पुरस्कार हस्तान्तरण गरेका थिए । भट्टराई रूपाकोटखबरडटकम र गोरखापत्रमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित