बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा छोरा पक्राउ, दाहसंस्कार गरिएको शव उत्खनन्

  • प्रकाशित मितिः जेठ ११, २०८१
  • 281 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा यसमा संलग्न ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् । सामान्य विवादमा कुटपिट गर्दा साकेला गाउँपालिका–२ रतन्छा मबुका ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि राईलाई पक्राउ गरिएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार राईलाई जेठ १० गते पक्राउ गरी जेठ ११ गते तीन दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ । गत जेठ ७ गते विहान करिब दश बजेतिर बाबुको सुतिरहेकै अवस्थामा मृत फेला परेको भन्दै टिकारामले गाउँलेलाई खबर गरी दाहसंस्कार गरेको तर दाहसंस्कारको तीन दिनपछि जेठ १० गते विहान ६ बजे प्रहरी सञ्चारमा शंकास्पद मृत्युको जानकारी गराएपछि डिएसपी खड्काको नेतृत्वमा गएको प्रहरीले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा ल्याएको हो ।
बाबुको मृत्यु बारे आफूलाई समेत राम्ररी खबर नगरेको र टिकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित