दिक्तेलमा सामुदायिक कुकुरको बन्ध्याकरण

  • प्रकाशित मितिः जेठ ११, २०८१
  • 171 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–दिक्तेल बजारमा सामुदायिक कुकुरहरूको आतङ्क बढेपछि यसको नियन्त्रणका लागि जेठ ११ गते स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रमा सामुदायिक कुकुरले दुःख दिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र चितवनको रामपुरस्थित कृषि वन विज्ञान विश्वविद्यालयसंगको सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।


दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पशु चिकित्सक निशान दाहालका अनुसार ३५ सामुदायिक र ५ वटा निजी गरी ४० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । मुढेस्थित नेपाली सेनाको रणभीम गणले सामुदायिक कुकुरहरू सङ्कलन गरेर सहयोग गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित