खोटाङ यातायात व्यवसायी संघ प्रालिका नयाँ कार्यसमितिलाई सपथ ग्रहण

  • प्रकाशित मितिः जेठ ११, २०८१
  • 202 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ११–खोटाङ यातायात व्यवसायी संघ प्रालिको नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराइएको छ । बैशाख २८ गते सम्पन्न दशौं साधारणसभा तथा छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई जेठ ११ गते सपथ गराइएको हो ।
कम्पनी ऐन अन्तरगत दर्ता गरिए पनि त्यसभन्दा अघि गैरसरकारी संस्थाको रूपमा सञ्चालन भएको र त्यसपछि फेरि सर्वोच्चले चैत २० गते गैरसरकारी संस्थाकै रूपमा नवीकरण गर्ने फैसला गरेकाले सपथ ग्रहण गरिएको नवनिर्वाचित महासचिव राम हिङ्माङले बताए । खोटाङ उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी संघ खोटाङका पूर्वअध्यक्ष उपीनकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा कानुन व्यवसायी तथा पूर्व सांसद कुलप्रसाद फुयाल शर्माले सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, उपीनकुमार राई, कुलप्रसाद फुयाल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम बुद्धिविनोद लुइटेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित