राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकलाई

  • प्रकाशित मितिः जेठ ११, २०८१
  • 166 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १०–राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजनामा भएको खेलमा आठ स्वर्ण, चार रजत र दुई कास्य सहित एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको हो ।
आयोजक टिमबाट कुमिते पुरुषतर्फ माइनस ८४ केजीमा इश्वरधन राई, माइनस ७५ केजीमा रूरीहाङ दुमी, ५० केजीमा दीपेश राई महिलातर्फ माइनस ६८ केजीमा युमासाम राई, ६१ केजी समूहमा सविना श्रेष्ठ, महिला एकलकतामा रोस्मा राई, टिमकाता करुणा राई, अनिषा राई र विसुका राई, पुरुष टिमकातामा सूर्यनचन्द्र राई, रूरीहाङ दुमी र अर्जुन श्रेष्ठको टिमले स्वर्ण दिलाएका हुन् ।
महिला ५० केजीमा आयुस्मा राई, पुरुष ५५ केजी र एकलकातामा सूर्यचन्द्र राई तथा ४५ केजीमा प्रणयविक्रम राईले रजत पाएका हुन् । त्यस्तै ६० केजीमा संयोग भुजेल र महिला ४५ केजीमा विसुका राईले कास्य जितेका हुन् ।
त्यस्तै तीन स्वर्ण, दुई रजत र ६ कास्य सहित बागमती प्रदेश दोश्रो घोषित भएको छ । उसले ५५ हजार पाँच सय ५५ रुपैया नगद, ट्रफी र प्रमाणपत्र पाएको हो । बागमतीका लागि पुरुष ६० केजीमा मिलन नेपाली, ५५ केजीमा देवराज श्रेष्ठ र एकलकातामा अर्जुन मगरले स्वर्ण दिलाएका हुन् । महिला ६१ केजीमा जयन्ती लिम्बु, पुरुष ५० केजीमा सुदीप सापकोटाले रजत दिलाए भने पुरुष ६७ केजीमा शिव भुजेल, ७५ केजीमा सुजन मगर, माइनल ८४ मा पासाङ ग्याल्जिङ थोक्रा, ४५ केजीमा अशोक कुमाल, महिला ५५ केजीमा कृतिका पौडेल र समूहकाता टिमकाता गरी ६ कास्य पदक दिलाएका हुन् ।
दुई स्वर्ण, एक रजत र चार कास्य सहित गण्डकी प्रदेश तेश्रो घोषित भएको छ । गण्डकीले ३३ हजार तीन सय ३३ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । महिला ४५ केजीमा सुनमिना तामाङ, ५० केजीमा प्रिति तामाङले स्वण, महिला एकलकातामा सोमिना तामाङले रजत, महिला ६१ केजीमा जाहिरा मिया, ५५ केजीमा सलिना तामाङ, पुरुष माइनस ७५ केजीमा मणिकुमार साह र महिला समूहकाताले कास्य दिलाएका हुन् ।
एक स्वर्ण, सात रजत र चार कास्य सहित कोसी प्रदेश चौथो भएको छ । कोसीले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । पुरुष ६७ केजीमा जिवेश राईले स्वर्ण, ६० केजीमा विशाल राई, ७५ केजीमा आकाश मण्डल, माइनस ८४ मा प्रतिक राई, महिला ५५ केजीमा कृति राई, ४५ केजीमा सोनिया राई, पुरुष समूहकाता, महिला समुहकाता गरी सात रजत र पुरुष ५५ केजीमा अनिश मण्डल, ५० केजीमा सुशान्त थापा, महिला एकल कातामा कृति राई र पुरुष एकलकातामा अमिर राईले कास्य दिलाएको हो ।
उत्कृष्ट खेलाडीमा सुदूरपश्चिमकी गरिमा मल्ल र आयोजक टिमका रूरीहाङ दुमी घोषित भए । उनीहरूले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । उत्कृष्ट व्यवस्थापक टिममा मधेस प्रदेशले २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाएका ह । उक्त खेल प्रथम बृहत खोटाङ–हलेसी खेलकूद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव २०८१ को अवसरमा आयोजना गरिएको हो । महोत्सवकै अवसरमा बैशाख ३१ गते म्याराथन, जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता र जेठ ६ गते १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगिता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित