राष्ट्रिय यू–१३ फुटबलमा छनौट भएका एन्जल राईलाई सम्मान

  • प्रकाशित मितिः जेठ ९, २०८१
  • 618 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, जेठ ९–राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनौट भएका एन्जल राईलाई जिल्ला फुटबल संघ खोटाङले सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशका ९० खेलाडीमध्ये छनौट भएका राईलाई जेठ ९ गते सम्मान गरेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई दिक्तेल बस्दै आएका राई छनौटमा परेका राईलाई सम्मान गरिएको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष धु्रबबिक्रम राईले बताए । उनका अनुसार एन्जल धरानमा बसेर प्रशिक्षण लिने छन् । जिल्ला फुटबल संघ खोटाङ र खोटाङ फुटबल एकेडेमीले सञ्चालन गरेको ‘ग्रासरुट कार्यक्रम’ अन्तरगत विगत तीन वर्षदेखि एन्जल प्रशिक्षणमा थिए । राईका अनुसार उनी नै जिल्लाको पहिलो राष्ट्रिय टिममा छनौटमा परेको खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित