वाइसीयल र अनेरास्ववियूको प्रशिक्षण तथा भेला सम्पन्न

  • प्रकाशित मितिः जेठ ९, २०८१
  • 954 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ९–वाइसीयल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) खोटाङको संयुक्त प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यमा जेठ ८ गते उक्त कार्यक्रम सम्पन्न भएको जेठ ९ गते पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको हो ।
वाइसीयल नेपाल खोटाङका संयोजक किसान राईको अध्यक्षतामा भएको प्रशिक्षण तथा भेलाले संगठन विस्तार तथा विभिन्न कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रममा माक्सवादी दशर्नको पार्टी स्कुलिङ बिभाग जिल्ला प्रमुख टंक थापा, युवा विद्यार्थीले उठाउनुपर्ने समसामयिक सवालहरुमा प्रदेश सदस्य सुरेश राई, वर्तमान शैक्षिक सवालमा अखिल क्रान्तिकारीको दायित्व र भुमिका विषयमा हेमन्त राई, युवा विद्यार्थी र पार्टी बीचको सम्बन्ध बारे जिल्ला इन्चार्ज ध्रुब बुढाथोकी ‘धिरन’, आजको अवस्थामा युवा र विद्यार्थीको भूमिका समयमा सम्बोधन गर्ने तवर तरिका र आस्थालाई गतिशीलता दिने बारेमा पार्टीको केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो ‘मुकेस’, लैगिक समानता र सामाजिक समावेसिताको नीतिगत व्यवस्था तथा युवा विद्यार्थीको भूमिका विषयमा दुर्गाजयन्ती राईले प्रशिक्षण दिएको वाइसीयल खोटाङका सचिव प्रभात राईले बताए ।
प्रशिक्षणमा प्रमुख अतिथि राई, केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो ‘मुकेस’, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ध्रुब बुढाथोकी ‘धिरन’, प्रदेश नं. १ पार्टी सचिवालय सदस्य सुरेश किराँती, प्रदेश नं. १ पार्टी सचिवालय सदस्य अरुणादेवी राई ‘दीक्षा’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश कमिटी सदस्य टंक थापा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अध्यक्ष तथा नगर उपप्रमुख विसन राई, अनेरास्ववियु (क्रान्तिकारी) प्रदेश नं. १ अध्यक्ष हेमन्त राई, वाइसीयल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शुभलाल राई ‘आदेश’, केन्द्रीय सदस्य शरद राई लगायतको उपस्थिति रहेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित