जेठ १३ देखि १५ गतेसम्म पोलियो विरुद्धको आइ.पि.भि. खोप लगाइने

  • प्रकाशित मितिः जेठ 8, 2081
  • 1312 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ८–जेठ–१३ देखि १५ गतेसम्म पोलियो रोग विरुद्धको आइ.पि.भि. खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति खोटाङले जेठ ८ गते एक कार्यक्रम गरी जनाएको हो ।
कार्यक्रममा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई आइ.पि.भि. खोप दिइने जनाएको छ । उक्त खोप अभियानमा सात हजार सात सय १३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईले बताए । यसका लागि जिल्लामा दुई सय ५७ वटा खोप केन्द्र निर्धारण गरी खोप दिइने चौलागाईले जानकारी गराए । हरेक खोप केन्द्रमा एक–एक जना स्वास्थ्यकर्मी र दुई–दुईजना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको चौलागाईको भनाई छ । हरेक वडामा तीन–तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने छ ।
यसअन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई हजार एक सय १२, हलेसी तुवाचुङ नगरपालिकाका एक हजार दुई सय ४८ जना बालबालिकालाई आइ.पि.भि. खोप लगाइने छ । केपिलासगढी गाउँपालिकाका पाँच सय ८९, ऐसेलुखर्कका पाँच सय ५७, रावाबेसी गाउँपालिकाका चार सय ४३, साकेला गाउँपालिकाका चार सय ४९, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छ सय ९५, खोटेहाङ गाउँपालिकाका छ सय ८८, जन्तेढङ्गा गाउँपालिकाका पाँच सय ९ र बाराहपोखरी गाउँपालिकाका चार सय २३ गरी सात हजार सात सय १३ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित