सविना अछामे–
खोटाङ, जेठ ५–नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ शाहीले संसद अब रेस्लिङ प्रदर्शन गर्ने ठाउँको रूपमा परिणत भएकमो बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले जेठ ५ गते दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसदमा जनताको आवाज उठ्न नसकेकोमा दुःख व्यक्त गर्दै जनताको आवाज उठाउने ठाउँ भए पनि रेस्लिङ प्रदर्शन गर्ने ठाउँको रूपमा प्रयोग भएको बताएका हुन् ।
शाहीले देशभर सहकारीको समस्या समाधान गर्न कांग्रेसले संसदमा आवाज उठाएको दाबी गरे । ‘कांग्रेसले व्यक्तिगत चाहनाले संसद अवरुद्ध गरेको हैन, देशभर समस्याको रूपमा आएको सहकारीको विषयलाई काँग्रेसले उठाएको हो, सहकारी निश्चित मान्छेको स्वार्थ पूर्ति गर्ने थलो भनेको छ’, उनले भने–‘जनताको आवाज हामीले उठाउँदा सुनुवाइ भएन, यो गम्भीर विषय हो, यसप्रति संसद तथा राजनीतिक दलहरु गम्भीर हुन आवश्यक छ ।’
शाहीले जिबी राईलाई वर्तमान गृहमन्त्री रवि लामिछानेले फसाएको समेत दाबी गरे । ‘रवि लामिछाने अरु राजनीतिक दलका नेताभन्दा भ्रष्ट, नैतिक पतन तथा ठग देखियो, नैतिक पतन भएका व्यक्तिलाई सत्ता गठबन्धनका राजनीतिक दलका नेताले संरक्षण गरिरहेको छ’, शाहीले भने–‘घण्टी पार्टीको पक्षपोषण गर्नु एमालेको कमजोरी हो, एमाले अध्यक्ष केपी ओली आफै लामिछानेलाई संरक्षण गर्नका लागि कांग्रेससंग भिड्न खोज्नु गम्भीर त्रुटी भएको छ ।’
देशमा पछिल्लो समय मौलाउँदै गएको भष्ट्राचार नियन्त्रण गर्न सबै राजनीतिक दल एकतावद्ध भएर लाग्नुपर्नेमा नेता शाहीले जोड दिए । ‘नेपालको राजनीति इमान्दारिता, विचार र सिद्धान्तमा चलेन, राजनीतिक पार्टीहरु जनताप्रति केन्द्रित हुनुपर्छ’, उनले भने–‘राजनीति दलका नेताहरुले जनताको आवाज बोल्नसक्नुपर्छ, कांग्रेसले संसदमा जनताको आवाज उठाउदा सुनुवाइ भएको छैन ।’
प्रेस युनियनका जिल्ला अध्यक्ष उत्तम चौलागाईको अध्यक्षतमा दिक्तेलको इन्द्रेणी होटलमा भएको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विनोदसिं ठकुरी, हिक्मत खड्का, अनुप घिमिरे तथा मन्थली नगरपालिका–१ रामेछापका वडाध्यक्ष होमप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सह–इन्चार्ज हरिवोल आचार्य, महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित