नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ४–खोटाङ प्रदेशसभा (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त भएका छन् । राईले जेठ ४ गते प्रदेश प्रमुख प्रशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विजयी पिके यसअघि पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । सर्वोच्च अदालतको परमादेशमा मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत भदौ–२२ गते पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
ज्ेठ ४ गते कार्की नेतृत्वमा विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले लिएका छन् भने उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री कार्की आफैले लिएका छन् । राज्यमन्त्रीमा सिर्जना राई र वन्दना झाँगडलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीमण्डल विस्तारसँगै कार्की नेतृत्वको प्रदेश सरकार दश सदस्यीय पुगेको छ ।
सङ्घीय सरकारमा गठबन्धन फेरिएपछि कार्की तेस्रो चोटी गत वैशाख–२७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालको मुख्यमन्त्री नियुक्त भएको नौँ दिनपछि कार्कीले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित