नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३१–महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राममायाँ बुढाले जितेकी छन् । खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको प्रथम बृहत खोटाङ हलेसी खेलकुद साहित्कि सांगीतिक तथा पर्यटन महोत्सव २०८१ को अवसरमा दिक्तेलमा बैशाख ३१ गते भएको म्याराथनमा एक घण्टा २८ मिनेट ४६ सेकेण्डमा २१ किलोमिटर दूरी छिचोल्दै प्रथम भएकी हुन् ।

त्यस्तै त्रिभूवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २८ मिनेट ५२ सेकेण्डमा दूरी पार गर्दै दोश्रो घोषित भइन भने केपिलासगढी गाउँपालिकाकी दीपा बस्नेतले एक घण्टा ५० मिनेट ६ सेकेण्डमा दूरी पार गरी तेश्रो घोषित भइन । त्यसैगरी रुष्मा राईले एक घण्टा ५३ मिनेट ५० सेकेण्ड, सुजना राईले एक घण्टा ५८ मिनेट ३६ सेकेण्ड, रञ्जना राईले एक घण्टा ५८ मिनेट ३७ सेकेण्ड र नमूना राईले दुई घण्टा चार मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै क्रमशः चौथो, पाँचौ, छैटौ र सातौ घोषित भए । यो इभेन्टमा प्रथम हुनेले ७५, दोश्रोले ५०, तेश्रोले २५, चौथोले १५, छैटौले १० र सातौं हुनेले ७ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र हात पारेका छन् ।

त्यस्तै पुरुषतर्फको हाफ म्याराथनमा त्रिभूवन आर्मी क्लवका गजेन्द्र राईले एक घण्टा नौ मिनेट ४८ सेकेण्डमा दूरी पार गर्दै प्रथम भए । आर्मी क्लबकै सञ्जय श्रेष्ठले एक घण्टा दश मिनेट ४० सेकेण्डमा दूरी पूरा गरी दोश्रो र आर्मी क्लवकै सुनिलकुमार शाहीले एक घण्टा ११ मिनेट १६ सेकेण्डमा दूरी पार गरी तेश्रो घोषित भएका छन् । एपीएफका राजेन्द्र तामाङले एक घण्टा १३ मिनेट २५ सेकेण्ड, त्रिभूवन आर्मी क्लबका विनोद रोकायाले एक घण्टा १६ मिनेट २६ सेकेण्ड, नेपाल पुलिस क्लबका भूमिराज राईले एक घण्टा २० मिनेट ३० सेकेण्ड र पुलिस क्लबकै करण खड्काले एक घण्टा २१ मिनेट ४८ सेकेण्डमा दूरी पार गरी क्रमशः चौथो, पाँचौ, छैटौ र सातौ भएका हुन् । उनीहरूले क्रमशः ७५, ५०, १५, १० र ७ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

१५ वर्षमाथिका खुला महिला १० किलोमिटर दौडमा त्रिभूवन आर्मी क्वलकी बबिता राईले ४४ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् । आर्मीकै सुजना राईले ५१ मिनेट १२ सेकेण्डमा दूरी छिचोल्दै दोश्रो र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ की सन्जिता राईले एक घण्टा दुई मिनेट दुई सेकेण्डमा दूरी पार गर्दै तेश्रो भइन् । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५, १० र ७ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका टंकबहादुर कार्कीले ३३ मिनेट ५० सेकेण्ड, आर्मीकै देउराज बस्नेतले ३५ मिनेट एक सकेण्ड र आर्मीकै भूपेन्द्र सुनारले ३५ मिनेट ३० सेकेण्डमा दूरी पार गरी क्रमशः प्रथम, दोश्रो र तेश्रो भए । प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५, १० र ७ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

३५ वर्षमाथिका ७ किलोमिटर राजनीतिक दल, प्रतिनिधि, पत्रकार, बैंकर्श, कर्मचारी, शिक्षक, व्यवसायीतर्फ काठमाडौंका धर्मराज महर्जनले २७ मिनेट ९ सेकेण्ड, दिक्तेलका शिवप्रसाद राईले ३१ मिनेट १४ सेकेण्ड र दोलखाका नवराज कार्कीले ३२ मिनेट १७ सेकेण्डमा दूरी पार गरी क्रमशः प्रथम, दोश्रो र तेश्रो भएका छन् । उनीहरूले क्रमशः १५, १० र ७ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र हात पारेका छन् ।

१२–१५ वर्षसम्मका ५ किलोमिटर छात्रातर्फ भोजपुरकी विनिता राईले २२ मिनेट १४ सेकेण्ड, दिक्तेलकी जुली राईले २२ मिनेट १६ सेकेण्ड र दिक्तेलकै रेवती राईले २४ मिनेट ३ सेकेण्डमा दूरी पार गर्दै क्रमशः पहिलो, दोश्रो र तेश्रो भएका छन् । उनीहरूले क्रमशः ७, ६ र ५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

१२–१५ वर्षसम्मका ५ किलोमिटर छात्रतर्फ दिक्तेलका भूमिराज राईले १९ मिनेट ३२ सेकेण्ड, दिक्तेलकै सुमन बस्नेतले २० मिनेट १३ सेकेण्ड, दिक्तेलकै दावा तामाङले २० मिनेट ३० सेकेण्डमा दूरी पार गर्दै क्रमशः प्रथम, दोश्रो र तेश्रो घोषित भए । उनीहरूले क्रमश ः ७, ६ र ५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

आमाहरूको ३ किलोमिटर दौडमा दिक्तेलकी सम्झना भट्टराईले १७ मिनेट ८ सेकेण्ड, दिक्तेलकै एलिना राईले १७ मिनेट ४१ सेकेण्ड र दिक्तेलकै निर्मला राईले १८ मिनेट ४७ सेकेण्डमा दूरी पार गर्दै पहिलो, दोश्रो र तेश्रो भइन् । उनीहरूले क्रमशः ५, ३ र २ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

६० वर्षमाथिका पुरुष एक माइल दौडतर्फ काठमाडौंका पुष्पलाल श्रेष्ठले १८ मिनेट २२ सेकेण्ड, काठमाडौंकै बुद्धवीर लामाले १८ मिनेट २३ सेकेण्ड र दिक्तेलका भूपेन्द्रराज राउतले २५ मिनेट ४३ सेकेण्डमा दुरी छिचोल्दै क्रमशः प्रथम, दोश्रो र तेश्रो घोषित भए । उनीहरूले क्रमशः ५, ३ र २ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

१२ वर्षमुनिका एक माइल दौड छात्रातर्फ भोजपुरकी करिना राईले ७ मिनेट ५० सेकेण्ड, भोजपुरकै अनिषा राईले ८ मिनेट ३ सेकेण्ड र भोजपुरकै अस्मिता श्रेष्ठले ८ मिनेट १४ सेकेण्डमा दूरी पार गर्दै क्रमशः प्रथम, दोश्रो र तेश्रो भएका छन् । उनीहरूले क्रमशः ३, २ र एक हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।

१२ वर्षमुनिका एक माइल दौड छात्रतर्फ दिक्तेलका आयुष श्रेष्ठले ६ मिनेट ४० सेकेण्ड, दिक्तेलकै रिवल राईले ६ मिनेट ५५ सेकेण्ड र दिक्तेलकै रिलन नेपालीले ७ मिनेट ५० सेकेण्डमा दूरी पार गरी प्रथम, दोश्रो र तेश्रो भए । उनीहरूले क्रमशः ३, २ र १ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । म्याराथनमा ख्याती कमाएका धावक बैकुण्ठ मानन्धर लगायत अन्यको सहभागिता थियो ।


महोत्सव अन्तरगत बैशाख–३१ देखि जेठ–१ गतेसम्म एथ्लेटिक्स, जेठ–३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ–६ गते खुला गायन प्रतियोगिता र जेठ–८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउँन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउँन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौँ हुने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विधाका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिनेछ ।
जेठ–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई समान २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कराँते विधाका लागि दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौ वटा उपसमिति गठन गरिएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू दिक्तेलमा भेला भएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित