नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३०–बैशाख ३० गते सम्पन्न ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कपको पुरुषतर्फको उपाधि दमक नगरपालिका झापानले चुमेको छ । षडानन्द नगरपालिका भोजपुरलाई हराउदै दमकले उपाधि चुमेको हो ।
त्यस्तै सोताङ गाउँपालिका सोलुखुम्बु तेश्रो र सिद्धिचरण नगरपालिका ओखलढुङ्गा सान्त्वना घोषित भएको छ । जितसंगै दमक नगरपालिकाले दुई लाख रूपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । दोश्रो षडानन्द नगरपालिकाले एक लाख, तेश्रो हुने सोताङ गाउँपालिकाले ५० हजार र सान्त्वना हुने सिद्धिचरण नगरपालिकाले २५ हजार रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
महिलातर्फ महिलातर्फ आमचोक गाउँपालिका भोजपुरले उपाधि हात पारेको छ । केपिसगढी गाउँपालिका दोश्रो, ऐसेलुखर्क गाउँपालिका तेस्रो र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कले सान्त्वना पुरस्कार पाएको छ । प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुने टिमले दुई लाख, एक लाख, ५० हजार र २५ हजार नगद सहित, ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् ।
विधागततर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । महिलातर्फ आमचोककी आरुषा तामाङ र पुरुषतर्फ दमकका रोमन बस्नेत उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै, महिलातर्फ आमचोककी बेस्ट स्पाइकर रोशिका बराइली, बेस्ट सेटर केपिलासगढीकी शिखा कोयुराई, बेस्ट ब्लकर केपिलासगढीकै सुनिता खत्री, बेस्ट डिफेण्डर ऐसेलुखर्ककी अस्मिता राई, बेस्ट सर्भर केपिलासगढीकी बिनिता राई, तथा अनुशासित खेलाडीमा आमचोककी रोमा श्रेष्ठ, र बेस्ट प्रशिक्षकमा आमचोककी तारा मगर घोषित भए । उनीहरूलाई नगद तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै पुरुषतर्फ बेस्ट स्पाइकर षडानन्दका मनिष गौतम, बेस्ट सेटर दमकका राजन लिम्बू, बेस्ट ब्लकर षडानन्दका कृष्ण रसाइली, बेस्ट डिफेण्डर दमकका भुवन केसी, बेस्ट सर्भर दमककैकृष्ण तामाङ, अनुशासित खेलाडीमा सोताङका सञ्जय बस्नेत, बेस्ट प्रशिक्षक दमककै सुमन रानामगर घोषित भए । उनीहरूलाई पनि नगद तीन÷तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसै अवसरमा गाउँपालिकाको तर्फबाट नेपाल पुलिस क्लबमा राष्ट्रिय खेलाडी उत्कृष्ट लिबेरो शान्तिकला तामाङ, अल्ट्रा धाविका निर्मला राई र प्रिया राईलाई जनही नगद २५ हजार सहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । खेल गत बैशाख २६ गते शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित