सविना अछामे–
खोटाङ, बैशाख ३०–दिक्तेलमा जारी तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरको दोश्रोे दिन बैशाख ३० गते ५५ जनाको आँखा शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरको दोश्रो दिन ४४ जनाको मोतिविन्दुको शल्यक्रिया र ११ जनाको सामान्य शलयक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति संघ खोटाङका सभापति इन्द्र कसजुका अनुसार दोश्रो दिनको शिविरमा, तीन सय ४७ जनाको आँखा जाँच गरिएको छ । शिविरको पहिलो दिन, बैशाख २९ गते ४१ जनाको आँखा शल्यक्रिया गरिएको थियो । यसमध्ये ३७ जनाको मोतिविन्दुको शल्यक्रिया र ४ जनाको सामान्य शल्यक्रिया गरिएको थियोे । पहिलो दिन तीन सय ३१ जनाको आँखा जाँच गरिएको थियो । नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा सञ्चालन गरेको आँखा जाँचमा एक सय २० जनाको आँखा शल्यक्रिया गर्नु पर्ने देखिएको थियो । उनीहरूलाई लक्षित गरी बैशाख २९, ३० र ३१ गते निःशुल्क आँखा शल्यक्रियाका लागि शिविर सञ्चालन गरिएको कसजुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित