आगलागी पीडित पूर्व प्रहरीलाई प्रहरी परिवारको राहत

  • प्रकाशित मितिः वैशाख २९, २०८१
  • 766 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २९–हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका पूर्व सहायक निरीक्षक गोपालबहादुर थापा मगरको घर जलेर नष्ट भएपछि प्रहरी परिवारले राहत दिएको छ । गत बैशाख १४ गते घर, मतान तथा कागजात जलेर नष्ट भएपछि बैशाख २९ गते एक लाख ५० हजार पाँच सय रूपैयाँ राहत दिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार कोसी प्रदेश प्रहरी कल्याण कोषबाट दश हजार, प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पाँच हजार र जिल्ला प्रहरी कार्यालय खोटाङ मातहत प्रहरीबाट सङ्कलित एक लाख ३५ हजार पाँच सय रूपैयाँ गरी एक लाख ५० हजार पाँच सय रूपैयाँ दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित