नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–दिक्तेलमा आयोजित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन बैशाख २९ गते ४१ जनाको आँखा शल्यक्रिया भएको छ । नेपाल नेत्रज्योति संघ र दिक्तेल रूपाकोट मmभुवागढी नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरको पहिलो दिन ३७ जनाको मोतिविन्दुको शल्यक्रिया र ४ जनाको सामान्य शल्यक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजुका अनुसार शिविरको पहिलो दिन तीन सय ३१ जनाको आँखा जाँच गरिएको छ । बैशाख १३ देखि २७ गतेसम्म नगरपालिकाको वडा–वडामा आँखा जाँच गरी शल्यक्रिया गर्नु पर्नेहरूका लागि शिविर आयोजना गरिएको कसजुको भनाई छ । उनका अनुसार नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा सञ्चालन गरिएको आँखा जाँचमा एक सय २० जनाको आँखा शल्यक्रिया गर्नु पर्ने देखिएको थियो । ‘उनीलाई लक्षित गरी आज, भोलि र पर्सी शल्यक्रिया गरिन्छ’–कसजुले भने ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित