साकेलामा भुक्तानी शिविरबाट ३९८ जनाले सेवा पाए

  • प्रकाशित मितिः वैशाख २९, २०८१
  • 535 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–साकेला गाउँपालिकाका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरमा तीन सय ९८ जना लाभग्राहीले सेवा पाएका छन् । नेपाल एसबिआई बैंक र गाउँपालिकाले सञ्चालन गरेको तेश्रो त्रैमासिक शिविरमा सेवा पाएका हुन् ।
यसै साता हरेक वडामा सञ्चालन गरिएको शिविरमा बैंकका प्रतिनिधि, नेपाल प्रहरी तथा पालिकाको तर्फबाट कर्मचारी शिविरस्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । उक्त शिविरमा तीन सय ९८ जना लाभग्राहीलाई ४६ लाख ८२ हजार रूपैंयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका डिएम चाम्लिङले बताए ।
त्यस्तै गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा रहेको बैंकको शाखाबाट सात सय २५ जना लाभग्राहीलाई ८७ लाख १८ हजार सामाजिक सुरक्षा भत्ता बुझेको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानीप्रसाद रिजालले बताए । गाउँपालिकाले शिविर सञ्चालन गरेर वडा–वडामा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । जनतालाई वडा–वडामा सेवा दिने उद्देश्यले यो अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित