दिनेश चाम्लिङ–
खोटाङ, बैशाख २६–खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित आधारभूत अस्पतालमा बैशाख २६ गतेदेखि भिडियो एक्स–रे शुरु भएको छ । गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले उद्घाटन गरेका हुन् ।
पाँच शैयाको उक्त आधारभूत अस्पतालमा एक जना एमबीबीएस डाक्टर, एक जना हेल्थ असिष्टेन्ट, एक जना अहेव, २४ घण्टे सहित तीन जना अनमी, एक जना रेडियोग्राफर, एक जना ल्याव टेक्निसियन र दुई सहयोगी गरी दश जना कार्यरत रहेको इन्द्रेणीपोखरीका वडाअध्यक्ष वसन्त राईले बताए ।
त्यस्तै इन्द्रेणीपोखरीका बालबालिकालाई सबै प्रकारका खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ । उक्त वडाका १६ महिनादेखि ५९ महिनासम्मका ७३ जनाले बालबालिकाले सबै खालका खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको वडाअध्यक्ष राईले सुनाए । उक्त वडामा जन्मेदेखि ५९ महिनासम्मका एक सय ११ बालबालिका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित