मझुवागढी र रुपाकोट क्षेत्रको जग्गा बारे छानविन सुरु

  • प्रकाशित मितिः फाल्गुन ९, २०७५
  • 1262 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेत्र र पर्यापर्यकीय रुपाकोट क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासापछि त्यसको अनुसन्धान बढाइएको छ । यसक्रममा मालपोत, नापी लगायतले सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने  जवाफ पठाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवास्थित कालिका भगवती मन्दिर तथा बुद्धेश्वर गुफा आसपासको जग्गा व्यक्तिको नाममा भएको खुलासापछि अनुसन्धान सुरु भएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्राविधिक टोलीको प्रतिवेदनमा सशस्त्र प्रहरी बल हलेसी गुल्मका तत्कालीन डिएस्पी (हाल एसएसपी) कालीदास धौवजी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का दिनेशकुमार घिमिरेको नाममा एक रोपनी नौ आना तीन पैसा एक दाम रहेको प्रतिवेदन पेश परेको थियो । उक्त प्रतिवेदन अनुसार कित्ता नं ३०३ बाट कित्ता काट गरी ४३८ र ४३९ कायम गरिएको देखिन्छ । यसमध्ये एसएसपी कालिदास चौबजीको नाममा छ आना र दिनेशकुमार घिमिरेको नाममा एक रोपनी तीन आना तीन पैसा एक दाम देखिन्छ । उक्त जग्गा २०६८ कात्तिक ८ गते पास गरेको देखिन्छ । जग्गा धनी दिनेश घिमिरेले भने २०६६ माघ ७ गते स्थानीय अबी भुजेलबाट आफूले किनेको बताएका छन् । 
प्राविधिक टोलीको प्रतिवेदन अनुसार उक्त क्षेत्रमा बुद्धेश्वर महादेव गुठीको नाममा (कित्ता नं–१०२) दश रोपनी चार आना तीन पैसा तीन दाम देखिन्छ । त्यस्तै देविस्थान सामुदायिक वनको नाममा दुई सय ६९ रोपनी चार आना दुई दाम एक पैसा देखिन्छ । यसक्षेत्रमा सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ । उक्त जग्गा स्थानीयले उपलब्ध गराएका हुन् । यसमध्ये कसले कति जग्गा उपलब्ध गराएको र सरकारी स्वामित्वको जग्गा सशस्त्रले उपयोग गरेको छ या छैन भन्ने पनि अध्ययनको विषय बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले सुनाए ।
त्यस्तै पर्यापर्यटकीय क्षेत्र रुपाकोटमा समेत व्यक्तिले जग्गा हडपेको विषयमा समेत अध्ययन सुरु भएको छ । यसक्रममा मालपोतले नगरपालिकालाई दिएको जवाफ अनुसार दिक्तेलस्थित लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहान सहित झण्डै करिब ८० रोपनी भन्दा बढी जग्गा २०६६ साउन १ गते छुट दर्ता गरिएको उल्लेख गरिएको छ । कित्ता नं ४४९ मा २५ रोपनी छ आना एक पैसा एक दाम, कित्ता नं ४५० मा २४ रोपनी पा“च आचा दुई पैसा र कित्ता नं ४५१ मा २८ रोपनी १३ आना एक पैसा दुई दाम जग्गा उक्त दुई जनाको नाममा छुट दर्ता भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रुपाकोट क्षेत्रको पर्यापर्यटन विकास र मझुवागढीक्ष्ँेत्रको कालिका भगवती, बुद्धेश्वर गुफा लगायतलाई पर्यटन प्रबद्र्धन गर्ने नीतिगत योजनाका साथ अध्ययन सुरु गरिएको नगरप्रमुख रिजालले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित