नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी, बराहाक्षेत्र र पाथीभरालाई जोडेर पर्यटन प्रबद्र्धन गर्ने योजना बनाइएको बताएका छन् । बैशाख २२ गते हलेसीमा हवन कुण्ड शिलान्यास गर्ने क्रममा कार्कीले पूर्वका तीन धार्मिक तथा पर्यटकीयस्थलको प्रबद्र्धन गर्ने योजना बनाइएको बताएका हुन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको त्रिधार्मिकस्थल हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई प्रबद्र्धन गरे प्रदेशको समृद्धि हुने बताए । ‘हलेसी, बराहक्षेत्र र पाथीभराको सम्वन्ध जोड्नु पर्छ, यसका लागि केबलकार र जलयातायात मार्ग जोड्नु पर्छ ।’ कार्कीले भने–‘हलेसी आएका मानिस बराहक्षेत्र पुगेपछि तमोर करिडोरबाट पाथीभरा जोडिन्छ, त्यसो भएपछि जोगबनीबाट आएका मानिस हलेसी आउने भयो, जनकपुरबाट हलेसी आएको मान्छे पनि बराहक्षेत्र जान सक्ने भयो ।’
यसका लागि प्रदेशले योजना बनाइरहेको कार्कीले बताए । स्थानीय तह पनि साना कामहरू गर्नु पर्ने कार्कीको धारणा थियो । हवन कुण्डका लागि कोसी प्रदेशको चालु आर्थिक वर्षको एक करोड ४४ लाख ८४ हजार चार सय ९० रूपैयाँ विनियोजन भएको हो । आगामी असार १६ गतेसम्म सक्ने गरी सोलुखुम्बुस्थित बासु कन्ट्रक्सन एण्ड सप्लार्यले बैशाख ४ गते संझौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित