नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङ र नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन बीच समायोजन भएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका अध्यक्ष गोविन्द कटवालले बैशाख २२ गते विज्ञप्ती जारी गरी एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको छैटौ अधिवेशनबाट दुई शिक्षक संगठनबीच समायोजन भएको जनाएका हुन् ।
शैक्षिक परिवर्तनका लागि विचार मिल्ने पेशागत संगठनसंग एकताबद्ध हुन आवश्यक भएकाले समायोजन गरिएको कटवालले बताए । ‘म लगायत कोसी प्रदेश उपाध्यक्ष देवराज सापकोटा, जिल्ला कोषाध्यक्ष धनकुमारी चौलागाई, जिल्ला सदस्यहरू शिव खड्का, दिनेश तामाङ, रेणुका राई लगायत समायोजन भएको हो ।’ कटवालले भने । समायोजन भएकाहरूलाई जिम्मेवारी समेत दिइएको एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङका निवर्तमान अध्यक्ष कृष्ण गुरुङले बताए ।
त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल घोषित भएका छन । बैशाख २२ गते दिक्तेलको सरस्वती माविमा भएको छैटौं जिल्ला अधिवेशनले ढकाललाई अध्यक्षमा छानेको हो ।
संगठनको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवाश राई, अर्थसचिवमा चक्र राई चयन भएको निवर्तमान अध्यक्ष गुरुङले बताए । अधिवेशनमा विभिन्न २६ पूर्व शिक्षकलाई सम्मान गरिएको समेत गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित