नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा फुर्वा शेर्पा, घोषित समितिप्रति असहमती जनाउँदै अर्को समानान्तर समिति घोषणा

  • प्रकाशित मितिः बैशाख २०, २०८१
  • 385 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २०–नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बैशाख २० गते सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोश्रो कार्यकालका लागि सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।

जिल्ला समन्वय परिषद्को वरिष्ठ उपाध्यक्षमा एलबी मगर पनि दोश्रो चोटी दोहोरिएका छन् । परिषद्को महिला उपाध्यक्षमा पदमकुमारी सैंजू, खुला उपाध्यक्षमा पर्शुराम तामाङ, सचिवमा सप्तमणि राई, सहसचिवमा वीरेन गुरुङ तथा कोषाध्यक्षमा किसन भुजेल चयन भएका छन् ।सदस्यहरूमा निर्मल राई, रविन सुनुवार, संगीता राई, यादव श्रेष्ठ, चित्रकला भुजेल र भुवन राई छानिएका छन् । परिषद्को दुईजना सहसचिव र दुईजना सदस्य भने जनसंख्या तथा भूगोलको आधारमा चयन गरिने नव निर्वाचित सप्तमणि राईले बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद् अध्यक्षमा सोनामहाङ राई चयन भएका छन् । दिक्तेलस्थित समीक्षालय हलमा सम्पन्न महासंघको दोश्रो जिल्ला अधिवेशनले राईको अध्यक्षतामा २० सदस्यीय जिल्ला समन्वय परिषद् सर्वसहमत चयन गरेको हो ।

जिल्ला समन्वय परिषद्को उपाध्यक्षमा एलिना भुजेल र शर्मिला माझी, सचिवमा लक्ष्मी राई, सह–सचिवमा गंगा मगर, सजीन राई र कोषाध्यक्षमा लमी शेर्पा छानिएका छन् । सदस्यहरुमा सम्झना राई, जाङबु शेर्पा, फुर्वा शेर्पा, बिमला राई, शुशिला राई, आङनिमा शेर्पा, छिरीङ शेर्पा, तेन्जी शेर्पा, लक्ष्मी शेर्पा, याङडी शेर्पा, ङकी शेर्पा, पाल्जुम शेर्पा, न्यान्सी राई र सन्ध्या मगर चयन भएका छन् ।

घोषित समितिप्रति असहमती जनाउँदै निवर्तमान उपाध्यक्ष लालबहादुर मगर लगायतको टिमले अर्को समानान्तर जिल्ला समन्वय परिषद घोषणा गरेको छ । मगरको नेतृत्वमा १९ सदस्यीय समिति घोषणा गरेको हो । यसअन्तरगत वरिष्ठ उपाध्यक्ष अस्मिता लिम्बु, उपाध्यक्षमा श्यामबहादुर माझी, अर्का उपाध्यक्षमा रेस्मा राई, सचिवमा उदिम चाम्लिङ, सहसचिवहरूमा कृष्णकुमारी तामाङ, सन्तोष श्रेष्ठ र प्रकाश मगर, कोषाध्यक्षमा मनिला सुनुवार, सदस्यहरूमा सर्मिला माझी, राजन मगर, सविना राई, उपेन्द्र राई, सजना भुजेल, आकृति भुजेल, होमबहादुर मगर, गोपाल राई, आसमान लिम्बु र गङ्गा मगरको नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित