सविना अछामे–
खोटाङ, बैशाख १९–नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको छ । महासंघको चौथो जिल्ला अधिवेशनको अवसरमा बैशाख १९ गते शेर्पालाई पुरस्कृत गरेको हो ।
पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको मुद्दा बुलन्द गर्न योगदान पु¥याएकाले नगद पाँच हजार प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो । त्यस्तै अन्य ७ जनालाई सम्मान समेत गरेको छ । पहिचानको आन्दोलनमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, गन्धमान राई, राजेश राई, विजय राई, उदिम चाम्लिङ र नेपाल आदिवासी जनजाति महासंघको भवनका लागि निःशुल्क जग्गा दिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेका फुर्वा शेर्पा र पसलामु शेर्पा (दम्पती)लाई सम्मान गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा शेर्पाले बताए । शेर्पा दम्पतीले महासंघको कार्यालय भवन निर्माणका लागि थामखोरेडाँडामा मालपोतको दरभाउ अनुसार दश लाख दश हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित