वन विनाश प्रकरण छानविन प्रभावित

  • प्रकाशित मितिः फाल्गुन ८, २०७५
  • 1350 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढीको वन फडानी प्रकरणको छानविन प्रक्रिया प्रभावित भएको छ । कालिका भगवती मन्दिर हुदै मझुवागढी क्षेत्रसम्म सडक खन्ने बहानामा देविस्थान सामुदायिक वन विनास गरिएको विषयमा छानविन प्रभावित भएको हो ।
छानविनको क्रममा स्थानीय जनप्रतिनिधिहरुले समेत असहयोग गरेकाले प्रभावित भएको श्रोतले जनाएको छ । सडक खन्ने बहानामा जनप्रतिनिधिहरु नै संलग्न भएकाले असहयोग भएको हो । वन विनाश हुने गरी सडक खन्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जेसीबी प्रयोग भएको भन्ने गुनासोपछि नगरपालिकालाई पत्र लेख्दा बेवास्ता गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताए । ‘वन क्षेत्रमा सडक खन्न नगरपालिकाको जेसीबी प्रयोग भएको भन्ने गुनासोपछि नगरपालिकालाई पत्र लेखिएको थियो ।’ डिभिजन प्रमुख कर्णले भने–‘अहिलेसम्म कुनै रेस्पोन्स छैन, त्यसले अनुसन्धानमा समस्या भएको छ ।’
डिभिजन प्रमुख कर्णका अनुसार देविस्थान सामुदायिक वन र मन्दिर व्यवस्थापन समितिलाई पनि पत्र लेखिएको छ । यद्यपि दुबैले पत्रको जवाफ नदिएको प्रमुख कर्णले सुनाए । कसैले पनि पत्रको जवाफ नदिएपछि मुचुल्का उठाएर कारबाही प्रक्रिया बढाउने तयारी गरिए पनि जनप्रतिनिधिहरुले सहयोग नगर्दा समस्या आएको प्रमुख कर्णको भनाई छ । उक्त वन विनाशबारे छानविनका लागि दिक्तेलस्थित सड–डिभिजन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत चतुरनारायण साहलाई खटाइएको थियो ।   
तत्कालीन जिल्ला वन कार्यालयका अधिकृत भक्त लामाको नेतृत्वको टोलीले विभिन्न प्रकारका भण्डै चार सय रुख–विरुवा नष्ट भएको प्रतिवेदन तयार पारेको थियो । लगत सङ्कलन गरे पनि पहु“चवाला व्यक्ति नै फडानीमा संलग्न देखिएकाले कारबाही हुन नसकेको गुनासो छ । प्राकृतिक संरचना नास हुने गरी मझुवागढी क्षेत्रको सडक निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर प्रयोग गरिएको खुलासा भएको थियो । वन विनासमा मझुवागढीस्थित सशस्त्र प्रहरी वल हलेसी गुल्मको समेत संलग्न देखिएको छ । स्थलगत रिपोर्टिङको क्रममा सशस्त्र प्रहरी बल हलेसी गुल्मका करिब दर्जन बढी जवान खटिएका थिए । 
कालिका भगवती मन्दिर क्षेत्रमा सडक खनिदा प्राकृतिक संरचना नास हुनका साथै ठूलो मात्रामा वन विनास भएकाले संलग्नलाई कारबाही हुनु पर्ने स्थानीयको माग छ । उक्त वन फडानीमा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला वन समन्वय समितिका अध्यक्ष एबम् मझुवागढी संरक्षण समितिका अध्यक्ष समेत रहेका बबि चाम्लिङदेखि अन्य व्यक्ति संलग्न देखिएको श्रोतले जनाएको छ । त्यसैले वन कर्मचारीले कारबाही प्रक्रिया बढाउ“न नसकेको स्थानीयको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित