नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको चौथो अभिवेशन बैशाख १९ र २० गते हुने

  • प्रकाशित मितिः बैशाख १५, २०८१
  • 199 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १५–नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको चौथो जिल्ला अधिवेशन बैशाख १९ र २० गते हुने भएको छ । समन्वय परिषदले बैशाख १४ गते पत्रकार सम्मेलन गरी उक्त जनाउ दिएको हो ।
उक्त अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद उपमहासचिव रामकृष्ण ब्लमेन तामाङले उद्घाटन गर्ने समन्वय परिषद खोटाङका सचिव उदीम चाम्लिङले बताए । किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ संघ, नेपाल मगर संघ, नेवा द्वेय.दबु, भुजेल सेवा समाज, जिल्ला शेर्पा संघ, गुरुङ तमु छोँजदी, माझी उत्थान संघ, सुनुवार सेवा समाज र किरात याक्थुम चुम्लुङबाट दुई–दुई जना प्रतिनिधि सहभागी हुने चाम्लिङले सुनाए । अधिवेशनमा दुई नगरपालिका, आठ गाउँपालिका र पर्यवेक्षक सहभागी हुने छन् । तर उनीहरूलाई नेतृत्व चुन्ने अधिकार भने नहुने चाम्लिङले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित