खोटाङका दुई पत्रकार पुरस्कृत

  • प्रकाशित मितिः बैशाख १५, २०८१
  • 72 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौ जिल्ला अधिवेशन तथा ११ औ साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् । रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे तथा गोरखापत्रका जिल्ला संवाददाता राजकुमार भट्टराई बैशाख १५ गते पुरस्कृत भएका हुन् ।
जिल्लामा रहेर विकास निर्माणको बारेमा कलम चलाएर योगदान पु¥याउँने पत्रकारलाई महासंघले प्रत्येक साधारणसभा तथा अधिवेशनको अवसरमा पुुरस्कृत गर्दै आएको छ । महासंघको सातौ जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा कोसी प्रदेशसभा सदस्य भूपेन्द्र राई तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगद पाँच हजार सहित प्रमाणपत्र दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित