सल्लेमा डढेलोले ६ घर जल्यो

  • प्रकाशित मितिः बैशाख १४, २०८१
  • 68 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–डढेलोबाट सल्किएको आगोले ६ घर जलेर नष्ट भएको छ । बैशाख १४ गते दिउसो हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी पाखा सामुदायिक वनबाट सल्किएको आगोले स्थानीय मदनकुमार थापा, खगेन्द्र विश्वकर्मा, गोपालबहादुर थापा, इन्द्रबहादुर थापा, झनबहादुर थापा र भेषबहादुर रानाको घर जलेर नष्ट भएको हो ।
योगबहादुर रानाको मतान पनि जलेर नष्ट भएको छ । डढेलोले घर जलेको जानकारी आउनासाथ इलाका प्रहरी हलेसी र अर्खौलेस्थित प्रहरी चौकीको टोली खटाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । क्षति विवरण भने आउँन बाँकी रहेको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित