ट्याक्टरले किचेर बालिकाको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 2056 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने–
खोटाङ, फागुन ७–ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । खोटेहाङ गाउ“पालिका–४ बडकादियालेकी १३ वर्षीया सविता नेपालीको मङ्गलबार घटनास्थलमै मृत्यु भएको हो ।
८९३८ ना ६ त नम्बरको ट्याक्टरले मङ्गलबार दिउसो तीन बजेतिर किचेर मृत्यु भएको हो । खोटेहाङ गाउ“पालिकाको खोटाङबजारबाट दुम्छाखोला जादै गरेको ट्याक्टरमा चेढेकी नेपालीको खसेर पछाडीको चक्काले किचेको हो । नेपाली स्थानीय भाषा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुन् । चालक निरज राई प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित