बाराहापाखेरीका अग्निपीडितलाई राहत

  • प्रकाशित मितिः वैशाख १४, २०८१
  • 497 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १४–बाराहापोखरी गाउँपालिका–१ बाराहापाखरीका अग्निपीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । बैशाख १२ गते विभिन्न सामुदायिक वनबाट सल्किएको डढेलोले घर जलेर विस्थापित ९ परिवारलाई राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष सालिकराम बन्जराका अनुसार सनमान मगरलाई ४० हजार, मोहनलाई मगरलाई ३० हजार, उर्मिला राईलाई ३० हजार, भद्रसिं थापा मगरलाई २५ हजार, पूर्णबहादुर मगरलाई २५ हजार, नगेन्द्र मगरलाई २५ हजार, बमबहादुर मगरलाई २५ हजार, पदमबहादुर कटवाललाई २५ हजार र सुमन मगरलाई २५ हजार रूपैयाँ रातह बैशाख १३ गते वितरण गरेको हो ।
स्थानीय रक्तमाला, बराहापोखरी, डाडाँखर्क, खोर्साने, धुर्सेनी, बाराखोला सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा १२ घर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित