डढेलोबाट सल्किएको आगोले हलेसी तुवाचुङमा चार घर र खोटेहाङमा एक घर नष्ट

  • प्रकाशित मितिः वैशाख ११, २०८१
  • 136 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा डढेलोबाट सल्किएको आगोले दुई जलेर नष्ट भएको छ । मयाङ्खुस्थित लालीगुरास सामुदायिक वनमा बैशाख ११ गते दिउसो लागेको डढेलोले सोराचुङका विनोद राई, चौकीराज राई र कृष्णबहादुर खत्रीको दुई वटा घर जलेर नष्ट भएको हो ।
विनोद राई ढुङ्गा–माटोले बनेको फुसको छानो भएको एउटा घर र चौकीराजको ढुङ्गा–माटोले बनेको दुई तले घर र एउटा मतान समेत जलेर नष्ट भएको छ । चौकीराजको मतानमा बाधेर राखिएको एउटा पाँडा घाइते हुनका साथै एउटा सुगुर डढेर मरेको छ । वनमा लागेको आगो नियन्त्रणका लागि हलेसीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीय जुटिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।


आगलागीबाट विनोदको घर, अन्नपात, लत्ताकपडा, भाँडाकुँडा गरी करिब ६ लाख बराबरको र चौकीराजको घर, मतान, अन्नपात, भाँडाकुँडा, चौपाया लगायत गरी करिब ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कृष्णबहादुर खत्रीको घरमा भने केही वर्षदेखि कोही मान्छे नबस्ने भएकाले फुसको छाना भएको दुई तले दुई वटा घर मात्र जलेको डिएसपी खड्काले बताए ।
त्यस्तै खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित लिकुवापोखरी सामुदायिक वनमा लागेको डढेलोबाट सल्किएको आगोले बैशाख ११ गते नै स्थानीय टंकनाथ तिमिल्सिनाको घर र गोठ जलेर नष्ट भएको छ । घर, गोठ, लत्ताकपडा, १८ हजार रूपैयाँ नगद, गरी सात लाख ८५ हजार बराबरको धनमाल क्षति भएको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित