नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १०–विद्युत सर्ट भएर दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वरछितापोखरी खुतुर्केस्थित शम्शेरबहादुर खड्काको घर जलेर नष्ट भएको छ । बैशाख ९ गते राती ११ बजे विद्युत सर्ट भएर आगलागी हुदा ढुङ्गा–माटोको गारो र जस्तापाताले छाएको घर पूर्ण रूपमा नष्ट हुदा करिब २५ लाख बराबरको क्षति भएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार घर, लत्ताकपडा, मालसामान, अन्नपात भाडाकुँडा लगायत जल्दा २५ लाख रूपैयाँ बराबरको क्षति भएको हो । याम्खास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी, स्थानीयले बैशाख १० गते विहान ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रण गरिएको डिएसपी खड्काले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित