पत्रकार–लेखक पृथ्वीराज पोख्रेलको मृत्युु

  • प्रकाशित मितिः बैशाख ९, २०८१
  • 90 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौ, बैशाख ९–पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको मृत्युु भएको छ । हिजो काठमाडौंबाट आफ्नो गृहजिल्ला तनहुँ जाने क्रममा सवारीसाधन दूर्घटनामा परी उनको मृत्यु भएको हो । ग २६ प ८१२९ नम्बरको बाइकलाई बोलेरो जीपले टक्कर दिँदा मान्द्रे खोलामा खसेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।
पोख्रेल विचार डटकमका प्रधान सम्पादकका रुपमा कार्यरत थिए । देशसञ्चार डटकम, शिलापत्र डटकम लगायतमा उनका दर्जनौँ लेखहरु प्रकाशित छन् । पोख्रेल नेपाल ल क्याम्पसका स्ववियू सदस्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित