नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा डढेलोबाट सल्किएको आगोले गोठ जल्दा ६ वटा गाई जलेर मरेका छन् । बैशाख ९ गते दिउसो राजापानीको महंकला सामुदायिक वनमा लागेको डढेलोले मनदत्तास्थित अम्बिका कार्कीको गोठ जल्दा ६ वटा गाई मरेका हुन् ।
अन्य ४ वटा गाई डढेर घाइते छन् । आगोले जस्ता पाताले छाएको एउटा भान्छा घर समेत जलेको छ । भान्छा घर, गोठ, भाँडाकुँडा, चौपाया लगायत जल्दा करिब पाँच लाख बराबरको क्षति भएको खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । राजापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गयाप्रसाद चौधरीको कमाण्डमा खटिएको प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको डिएस्पी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित