नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–भीरबाट लडेर एक जनाको ज्यान गएको छ । बाराहापोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको हो ।
बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित आफन्तको पास्नीको भोज खाएर फर्कने क्रममा बैशाख ५ गते साँझ भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनका अनुसार खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयबाट खटिएका प्रहरी टोलीले बैशाख ६ गते विहान कानुनी प्रक्रिया पूरा गरी शवको पोष्टमार्टमका लागि उदयपुरको बेल्टारस्थित स्वास्थ्य चौकी पठाइएको छ । घटनाबारे जानकारी आएलगत्तै बैशाख ५ गते साँझै हुक्नाजोरबाट प्रहरी खटिएर घटनास्थल पुगेको डिएसपी खड्काले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित