छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

  • प्रकाशित मितिः बैशाख ३, २०८१
  • 147 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ३–छुरा प्रहार गरी हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई बैशाख ३ गते पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको टोलीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भुसुण्डाका धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा बैशाख ३ गते विहान साडे आठ बजेतिर पक्राउ परेका हुन् । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा दायरी गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय खोटाङ

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित