खोटाङमा स्थानीयले समातेको लोपोन्मुख सालक छाडियो

  • प्रकाशित मितिः वैशाख २, २०८१
  • 772 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–स्थानीयले पक्रेको लोपोन्मुख सालक छाडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी देविका राईले बाख्रा चराउन गएको बेला स्थानीय हात्तिवन सामुदायव वनमा फेला पारेर चैत २९ गते घरमा ल्याएको सालक बैशाख १ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँको साप्सुखोला किनारको आसपास छाडिएको हो ।


राईलाई लोपोन्मुख सालक मार्न नपाइने जानकारी भए पनि नचिनेकाले समातेर घरमा ल्याएकी थिइन् । सालक हो भन्ने थाहा पाएपछि हलेसीस्थित डिभिजन वन कार्यालयमा चैत २९ गते नै ल्याइएको र नयाँ वर्षको दिन छाडिएको सव डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख धर्म चौधरीले बताए । हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा असुरक्षा हुने भएकाले निर्मलीडाडाँ क्षेत्रमा छाडिएको वन रक्षक विनोद गजमेरले बताए । ‘सालक छाड्न जानकारी पाएपछि हलेसी तुवाचुङ क्षेत्रमै छाड्दा सुरक्षा नहुने देखेर निर्मलीडाडाँको साप्सुखोला क्षेत्रमा छाडिएको हो ।’ गजमेरले भने–‘लोपोन्मुख सालकको खपटा महङ्गोमा बिक्री हुने भएकाले छाड्ने चाल पाएपछि फलो गरेर मार्ने खतरा भएकाले अन्यत्र लगेर छाडिएको हो ।’ ६ केजीको भाले सालकलाई डिभिजन वन कार्यालय दिक्तेलमा ल्याएर हेर्दा स्वस्थ देखिएको र त्यसपछि छाड्न पठाइएको चौधरीले बताए ।
तस्बिर सौजन्य : विनोद गजमेर

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित