छुरा प्रहारबाट खोटाङमा एक जनाको ज्यान गयो

  • प्रकाशित मितिः बैशाख १, २०८१
  • 128 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १–छुरा प्रहारबाट खोटाङमा एक जनाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको बैशाख १ गते राती सवा ८ बजे मृत्यु भएको हो ।
स्थानीय भीमबहादुर राईको मकै बारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनका अनुसार तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार छन् । फरारको खोजी भइरहेको कार्कीले सुनाए । फरारको खोजीका लागि प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमाण्डमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित