खोटाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

  • प्रकाशित मितिः चैत्र २७, २०८०
  • 178 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २७–आगलागीमा जिल्लाका विभिन्न ठाँउमा तीन घर जलेर नष्ट भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुका वसन्त राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका प्रेमकुमार राई र रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका चन्द्रबहादुर विश्वकर्माको घर जलेर नष्ट भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँस्थित अररे सामुदायिक वनबाट सुरु भएको डढेलोले चैत २६ गते वसन्तको घर जलेको हो । प्रेमकुमार राईको भने विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । राईको घर सहित दुई तोला सुन, ६ तेला चाँदी, नगद ३० हजार लगायत अन्य मालसामान जल्दा करिब ६० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । चैत २६ गते भएको आगजनीमा विश्वकर्माको घर सहित नगद ४० हजार, सोलार प्यानल, ब्याट्री नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित