सुन सफा गर्ने बहानामा ठगी गर्ने भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः चैत्र २६, २०८०
  • 113 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २६–सुन सफा गर्ने बहानामा एक भारतीय नागरिक पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ की ३७ वर्षीया हिरा श्रेष्ठ र ५३ वर्षीया लालकुमारी श्रेष्ठको सफा गरिदिने भन्दै सुनको तौल घटाएको आरोपमा भारत विहार राज्य जिल्ला सिपौल प्रखण्ड त्रिवेणीगञ्ज ग्राम पञ्चायत ११ बस्ने १९ वर्षीय राजेशकुमार यादव, ३४ वर्षीय प्रशान्तकुमार शाह र भारत विहार राज्य जिल्ला सहरसा पुरिक पुरुषोत्तमपुर पञ्चायत ५ बस्ने ३० वर्षीय बब्लु साह पक्राउ परेका हुन् ।
उनीहरूलाई जालपाबाटै चैत २५ गते २ बजेतिर पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित