राईलाई खोटाङ नागरिक सम्मान र रानोहँछालाई प्रतिभा पुरस्कार

  • प्रकाशित मितिः चैत्र २४, २०८०
  • 62 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २४–खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ । चैत २४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा आयोजित कार्यक्रममा शिक्षाविद् राईलाई एक लाख राशिको खोटाङ नागरिक सम्मान र कवि रानोहँछालाई ५० हजार राशिको खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।
शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै शिक्षाविद् चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर रुवरुप कवि रानोहँछालाई सम्मान तथा पुरस्कृत गरिएको हो । राई र रानोहँछालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई लगायतले नगद सहित ताम्रपत्र प्रदान गरेका हुन् ।
समाजले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । खोटाङमा जन्मिएर वेलायतलाई कर्मथलो बनाउँनेहरूले स्थापना गरेको संस्थाका २५ जनाले सङ्कलन गरेको रकमबाट स्थापना गरिएको ११ लाखको कोषको ब्याजले हरेक तीन÷तीन वर्षमा एकजनालाई सम्मान र एकजनालाई पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित