खोटाङ सेवा समाज बेलायतले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ हजार बढीले उपचार पाए

  • प्रकाशित मितिः चैत्र २४, २०८०
  • 213 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददातना–
खोटाङ, चैत २४–खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ हजार बढी जिल्लाबासीले उपचार पाएका छन् । जिल्लाको दूरदराजमा बसोबास गर्ने स्वास्थ्य उपचारको पहुँच बाहिर रहेका जिल्लाबासीको उपचार गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ६ हजार ६ सय ३८ जनाले उपचार पाएका हुन् ।
उक्त शिविर १० स्थानीय तहको ११ वटा केन्द्र बनाएर चैत १२ देखि २३ गतेसम्म सञ्चालन गरिएको शिविरको समापन चैत २४ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसनमा गरिएको हो । खोटाङ सेवा समाज वेलायतका उपाध्यक्ष इश्वर चाम्लिङका अनुसार खोटेहाङ गाउँपालिकामा सात सय तीन जना, साकेला गाउँपालिकामा पाँच सय ११ जना, रावाबेसी गाउँपालिका पाँच सय ६० जना, जन्तेढुङ्गामा चार सय ८४ जना, ऐसेलुखर्क गाउँपालिकामा ६सय ५८ जनाको उपचार गरिएको छ ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सात सय ९१ जना, हलेसी तुवाचुङ नगरपालिकामा पाँच सय ३१ जना, बराहापोखरी गाउँपालिकामा तीन सय ७४ जना, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको निर्मलीमा पाँच सय एक जना, बुइपामा आठ सय ४० जना र केपिलासगढी गाउँपालिकामा छ सय ८६ जनाले उपचार पाएको चाम्लिङले बताए ।
खोटाङमा जन्मिएर बेलायतमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा आवद्धहरूको साझा संस्था ‘खोटाङ सेवा समाज बेलायतको आग्रहमा विभिन्न सहयोगीहरूबाट सङ्कलन गरिएको रकमबाट शिविर सञ्चालन गरिएको खोटाङ सेवा समाज वेलायतले जनाएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहेको खोटाङ सेवा समाज वेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए । सात वर्षअघि पनि उक्त संस्थाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूलाई सात वटा एम्बुलेन्स् दिएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित