खोटाङको मझुवाभीरमा रक क्लाइम्बिङ परीक्षण

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 260 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा पनि अब रक क्लाइम्बिङको मज्जा लिन पाइने भएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रको मझुवाभीरमा चैत २३ गते रक क्लाइम्बिङको सफल परीक्षणछि यसमा रमाउन चाहनेहरूका लागि अवसरको ढोका खुलेको हो ।
खेलकूद तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रक ब्लाइम्बिङ सञ्चालनको शुरुवात गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । रक क्लाइम्बिङ सञ्चालनपछि देश–विदेशका रक क्लाइम्बिङका पारखीहरूको ध्यान केन्द्रित हुनका साथै यसले नगरको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने भट्टराईको भनाई छ । ३२ मिटर अग्लो मझुवाभीरमा नेपाल नेश्नल माउण्टेण्ट गाइडले रुड निर्माण गरिदिएको हो । रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिम समेत दिएको छ । सात जना स्थानीय युवा र सशस्त्र प्रहरी वल हलेसी गुल्मका पाँच जना गरी १२ जनाले तालिम लिएका छन् ।
कृतिम भीरमा भन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपर्युक्त थलो भएको नेपाल नेश्नल माउण्टेण्ट गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक संघका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले बताए । पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुदै जानुका साथै पर्यटन विकासमा पनि सहयोग यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको शेर्पा बताउँछन् । ‘रक क्लाइम्बिङको भविष्य राम्रो छ, पछिल्लो समय युवापुस्ता यो खेलमा रमाउन थालेका छन्,’ शेर्पाले भने–‘खेलका साथै पर्यटन पनि बढेर गएको छ ।’
रक क्लाइम्बिङ पोखरा, काठमाडौं, सोलुखुम्बुमा पनि रक क्लाइम्बिङ फष्टाएको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित